१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भारत प्रवेश गर्नै लागेको सिलबन्द कन्टेनर बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ुिसष्ट गरे । कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको डीएसपी न्यौपानेले बताए । ‘कालोरङ्को गेडागुडी जस्तो सामान भेटिएको छ, परिक्षणपछि मात्र त्यसको पहिचान होला ।’ डीएसपी न्यौपानेले भने ।

सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहश्यमय रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार लागु औषध भएको आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । भेटिएको कालो गेडाका बिषयमा परिक्षणको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार बोरामा अफिमको दाना भेटिएको बताए । नाम नबताउने सर्तमा उनले बोरामा भेटिएको दाना अफिम नै भएको दाबी गरे । प्रहरीले भने परिक्षणपछि मात्र भन्न सकिने बताएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ३७ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको