६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारत प्रवेश गर्नै लागेको सिलबन्द कन्टेनर बाँके प्रहरीको नियन्त्रणमा



नेपालगन्ज । नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ुिसष्ट गरे । कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको डीएसपी न्यौपानेले बताए । ‘कालोरङ्को गेडागुडी जस्तो सामान भेटिएको छ, परिक्षणपछि मात्र त्यसको पहिचान होला ।’ डीएसपी न्यौपानेले भने ।

सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहश्यमय रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार लागु औषध भएको आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । भेटिएको कालो गेडाका बिषयमा परिक्षणको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार बोरामा अफिमको दाना भेटिएको बताए । नाम नबताउने सर्तमा उनले बोरामा भेटिएको दाना अफिम नै भएको दाबी गरे । प्रहरीले भने परिक्षणपछि मात्र भन्न सकिने बताएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ३७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क