२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

जमुनाहा नाकाबाट प्रहरी नियन्त्रणमा आएको कन्टेनरबाट २५० बोरी अफिम बरामद



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको जमुनाहा नाकामा नियन्त्रणमा लिएको कन्टेनरमा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) भएको पुष्टि भएको छ । प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) बरामद गरेको हो ।

नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनर शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सार नाका पार गरि भारत प्रवेश गर्नै लाग्दा प्रहरीले सो कन्टेनरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले कन्टेनर नियन्त्रणमा लिएपनि प्रहरीकै अगाडि कन्टेनरका चालक र सह चालक फरार भएका थिए । २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बाँके प्रहरुी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

विशेष सुचनाका आधारमा सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले कन्टेनर नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार कन्टेनरमा अफिम र सुन निकासी हुँदैगरेको सूचना प्रहरीले पाएपनि कन्टेनरमा सुन भने नभेटिएको बताइएको छ ।

पोष्टर दाना अफिमको बिउ बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ५८ बजे

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई