२९ भदौ २०८३, सोमबार | September 14, 2026

सियारीमा राष्ट्रपति छनौट राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न



बुटवल । सियारी गाउपालिकामा राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८/०७९ सम्पन्नभएको छ । वर्षाका कारण प्रभावित भएको खेल दुई दिन ढिला गरि सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत सियारी गाँउपालिका हलमा भएको कबड्डी प्रतियोगिताको छात्रतर्फ समयमाई माबि प्रथम हुन सफल भएको छ । गणसरी माीका खेलाडीहरु द्वितीय तथा जनता माबी र जङ्गहत्था माबीका खेलाडीहरु तृतीय स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फ जनता माबीका खेलाडीहरु प्रथम स्थान हासिल गरेका छन । रोज बड एकेडेमीका खेलाडीहरु द्वितीय तथा सिद्धार्थ माबी र समयमाई माबीका खेलाडीहरु तृतीय स्थान हासिल गरेका छन ।

त्यस्तै १ हजार ५ सय मिटर दौडमा छात्रातर्फ समयमाई माबीकी आरती केवटले ७ मिनेट ३७ सकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छिन । दुर्गादेवि माबीकी ईन्दिरा गुरुङले ७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने पब्लिक माबिकी रजनी मल्लाहले ७ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन् ।

छात्रतर्फ जनता माबीका सुरेश केवट ५ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे । समयमाई माबीका अनिल केवट ५ मिनेट ४० सकेण्डमा दुरी पार गर्दै दोस्रो तथा रोसबड एकेडेमीका सचिन कुर्मी ५ मिनेट ४७ सकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

यसगरि ३ हजार मिटर दौडमा छात्रातर्फ दुर्गादेवि माबीकी ईन्दिरा गुरुङले १५ मिनेट ३६ सकेण्डमा दुरी पार गर्दै प्रथम भईन् । गणसरी माबीकी सुस्मितायादव १५ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा चिलिया माबीकी रिन्की केवत १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन् । छात्र तर्फ जनतामाबीका सुरेश केवटले ११ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै प्रथम, समयमाई माबीका अनिल केवट ११ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा बिरेन्द्र माबीका दिनेश पासी र पब्लिक माबीका प्रदीप पासी ११ मिनेट ४३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

एक समारोहकाबीच गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले प्रतियोगिताको विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले खेलकुदका नयाँ युवा खेलाडी उत्पादनगर्ने प्रयासकारुपमा यो प्रतियोगिता भएको बताउदै यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतियोगितामा सियारी गाउपालिकाका १३ विद्यालयहरुका ३ सय ६० बढी खेलाडीहरुले भागलिएको फुटबल प्रशिक्षक अमर पुन मगरले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ४५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ