१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा



काठमाडौं । चर्चित युवा नेत्री रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ उनले भनेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट विवेकशील नेपाली दलका तर्फबाट उज्ज्वल थापाले प्रतिस्पर्धा गरेका थिए । उनको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको थियो । विवेकशील दलका संस्थापक थापाले प्रतिस्पर्धा गरेकै क्षेत्र दर्शनाले रोजकी छन् ।

यो क्षेत्रबाट नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए ।

उनले आफ्नो अभियानमा सहयोग गर्न पनि आह्वान गरेकी छन् । विवेकशील साझामा विवाद उत्पन्न भएपछि उनी अलग भएकी थिइन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएकी हुन् ।

यो क्षेत्रमा तीन वटा स्थानीय तहका १५ वटा वडा पर्छन् । जसमा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५५ बजे

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर