३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

काठमाडौं ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा



काठमाडौं । चर्चित युवा नेत्री रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । ‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ उनले भनेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट विवेकशील नेपाली दलका तर्फबाट उज्ज्वल थापाले प्रतिस्पर्धा गरेका थिए । उनको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको थियो । विवेकशील दलका संस्थापक थापाले प्रतिस्पर्धा गरेकै क्षेत्र दर्शनाले रोजकी छन् ।

यो क्षेत्रबाट नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए ।

उनले आफ्नो अभियानमा सहयोग गर्न पनि आह्वान गरेकी छन् । विवेकशील साझामा विवाद उत्पन्न भएपछि उनी अलग भएकी थिइन् । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएकी हुन् ।

यो क्षेत्रमा तीन वटा स्थानीय तहका १५ वटा वडा पर्छन् । जसमा काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ५५ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा