३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

झण्डै ६ हजारको फराकिलो अन्तरसहित काठमाडौं-१ मा रञ्जु दर्शनाको अग्रता



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले निकै फराकिलो अन्तरसहित अग्रता लिइरहेकी छिन् । मतगणनाको प्रारम्भिक चरणबाटै अग्रता लिइरहेकी रञ्जुले मतगणना बढ्दै जाँदा प्रतिस्पर्धी उम्मेदवारहरूमाथि उल्लेखनीय अग्रता बनाएकी छन्।

कुल २० हजार ४८८ मत गणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन्। उनी आफ्नो निकटम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापा भन्दा ५ हजार ८४८ मतले अगाडि छिन्। थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत ल्याएकी छन्।

हालसम्म ४६१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा अझै करिब १० हजार मत गणना हुन बाँकी छ।मध्यान्न १२ बजेसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : १६ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा