३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सभामुख सापकोटा आज स्वदेश फर्कंदै



काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए ।

गत असार १६ गते सो सम्मेलनलाई सम्बोधन गरेका सभामुख सापकोटार्ले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेकोमा जोड गर्नुका साथै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धतासमेत सो क्रममा व्यक्त गरेका छन ।

बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्तासमेत गरेका छन् । सभामुखको सो टोलीमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन ।सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७:१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको छ ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : २८ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण