२२ भदौ २०८३, सोमबार | September 7, 2026

रोकियो अक्षय कुमारको ‘गोरखा’



मुम्बई । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका यिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो । तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गयो ।

अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए । अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षाबन्धन’ तिर छ । यसका निर्देशक आनन्द एल रोय हुन् । व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन् ।

‘बच्च्न पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ । यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन् । यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ ।

फिल्म ‘गोरखा’को निर्माणका लागि कैयौं मन्त्रालयको अनुमति चाहिन्छ, त्यसपछि मात्र फिल्म फ्लोरमा जानेछ । यसका लागि निर्माताले भारत सरकारको अलग(अलग संस्थासँग अनुमति लिने योजना बनाइरहेका छन् ।

फिल्म ‘गोरखा’का निर्माताहरु अक्षयको दुई फिल्म फ्लप भएपछि आफ्नो फिल्मको अवस्था के हुने हो भन्नेमा चिन्तित छन् । त्यसकारण उनीहरुले तत्कालका लागि फिल्मको काम रोक्ने निर्णयमा पुगेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ५९ बजे

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म