१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एन आई सी एशियाले मोबाइल बैंकिङ्ग एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति गर्यो



काठमाडौ । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति गरेको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपमा स्तरोन्नति गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले ओम्नीच्यानल एप मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

अहिले बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले वर्तमान मोवाइल बैंकिङ्ग एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले प्ले स्टोर क्तयचभ वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नीच्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नीच्यानल एप मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ५६ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु प्रयोग गर्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी