२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलबाट मोटरसाइकल चोरी गर्ने १२ जना पक्राउ



बुटवल । लामो समयदेखी बुटवलमा मोटरसाईकल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रहरीले शनिबार मोटरसाईकल चोरी गर्ने १२ जनालाई पक्राउ गरेको हो ।

बुटवलमा पछिल्लो समय दिउँसो पार्किङ्गमा रहेको घरभित्र राखिएको मोटरसाईकल दैनिक जसो चोरी हुने गरेको थियो । उनीहरुले विभिन्न ठाउँमा चोरी गरेर लुकाई छिपाई राखेका ९ वटा मोटरसाईकल समेत वडा प्रहरी कार्यालय बुटवल रामनगरले फेला पारेको छ ।

बुटलका विभिन्न ठाउँमा मोटरसाईकल चोरी गरी राप्तीपारी लगेर बिक्रि गर्ने गरेको प्रक्राउ परेका व्यक्तिबाट खुलेको वडा प्रहरी कार्यालय बुटलका प्रमुख प्रहरी निरीक्षक पुस्कर सिँह ऐरीले जानकारी दिए ।

बुटवल आसपासमा मोटरसाईकल चोरीको घटना पछिल्लो समय बढदै गएपछि प्रहरीले टोली बनाएर खोज तलास गर्ने क्रममा चोरीमा संग्लनहरु दाङको गढवा गाउपालिका रहेको भन्ने सुचनाको आधारमा प्रहरीले गढवा गाउपालिका ६ मा गएर स्थानिय प्रहरीको सहयोगमा १२ जनालाई पक्राउ गर्न सफल प्रमुख ऐरीले बताए ।

ऐरीका अनुसार खोजतलास गर्दै जादा चोरीमा संग्लनहरु एकआपसमा चोरी गरेर ल्याएका मोटरसाईकल कसरी बिक्रि गर्ने भन्ने बारे चौरमा बसेर छलफल गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका ६ बस्ने क्यानोन क्षेत्री, करण बस्नेत, बरुण कुमाल, आन्नद परियार, नसिम धुनिया, आर एस सिह ठकुरी, शिवम यादव, लक्ष्मी बिष्ट र ओसिम पठान रहेका छन त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ५ बस्ने गोपाल चौधरी जिल्ला दाङ लमही उपमहानगरपालिका ३ का धनश्याम चौधरी राप्ती गाउँपालिका वडा नम्बर ८ का सुवास चौधरी रहेका छन । उनीहरुलाइ बुटवल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लु ५६ प रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाईकल, लु ५१ प ३९४१ नम्बरको निलो रङ्गको २२० सिसिको पल्सर, लु ४९ प ४८६० नम्बरको कालो रङ्गको २०० सिसिको पल्सर, लु २९ प ९२६५ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल, लु ५० प ६४२७ नम्बरको रातो कालो २२० सिसिको मोटरसाईकल रा ६ प ८५३५ २०० सिसिको एन एक्स, रा ५ प ९०७३ नम्बरको मोटरसाईकल, रा ४ प ४६६ नम्बरको निलो कालो पल्सर र नम्बर पिलेट नभएको १ सय ५० सिसिको पल्सर मोटरसाईल फेला पारेको ऐरीले बताए ।

इलाका प्रहरी कार्यालय गढवाको सहयोगमा लुकाई राखेका ९ वटा मोटरसाईकल र १२ जना चोरीमा संग्लन व्यक्तिहरुलाई समाउन सफल भएको उनले बताए । पक्राउ परेका मोटरसाइकल चोरी गरी राप्तीपारी लैजाने गरेको र चोरी गरेर लैजादै गर्दा तेल सकिएपछि जंगलमा नै छोडने गरेको समेत स्वीकार गरेका छन । पक्राउ परेका उनीहरुलाई चोरी अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ३१ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका