१६ पुस २०८२, बुधबार | December 31, 2025

पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबार रौतहटको नुनथरमा घुम्न आएका तीन जना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउने क्रममा स्थानीयले थाहा पायलगतै बचाउने क्रममा साहलाई बचाउन सफल भएका थिए भने अग्रवाल र कुमारलाई खोलाले बगाएको थियो ।

बेपत्ता भएका दुई जनाको शव आइतबार दिउसो फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन् । खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रौतहट र नुनथर प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमामा सोही बागमती खोलामा अग्रवाल र कुमार मृत फेला परेका हुन् ।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर नगरपालिका लगिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : २९ बजे

नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत)

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व