४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिड्नीमा बाढीको कहरः एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो



सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ ।

‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् ।

यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो ।

‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै मोर्चामा खतरा सामना गरिरहेका छौँ’, कुकले भनिन् । मौसम विज्ञान ब्यूरोले ३५० एमएम सम्मको वर्षाले केही क्षेत्रहरूमा असर गरेको र नेपियन नदीमा बाढीको जोखिम रहेको जनाएको छ ।

सिड्नीको मुख्य बाँध भत्किन थालेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको