२८ भदौ २०८३, आइतबार | September 14, 2026

पदाधिकारी र स्थायी समिति गठन गर्न माओवादी केन्द्रीय सदस्यहरुको माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी समितिको गठन गर्नुपर्ने माग उठेको छ ।

आईतवार बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् ।

सोमवारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए । महराले बैठकमा सोमबार ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विशेष कुरा उठेको जनाए।

उनले भने, ‘आज हामीले वहसको कार्यक्रम राखेका थियौँ । हिजो केन्द्रीय समितिको मिटिङमा अध्यक्ष कमरेड प्रचण्डले राख्नुभएको संक्षिप्त राजनीतिक प्रतिवेदनबारे आफ्नो धारणा राख्ने कमरेडहरुको आज वहसको कार्यक्रम सम्पन्न भयो । त्यसमा ४१ जना साथीहरुले भाग लिनुभएको छ । मुलभुतरुपमा कमरेडले उठाएका विषयहरुमा स्थानीय चुनावसम्बन्धी समीक्षा, त्यसपछि पार्टी निर्माणबारेका कुरामा अलि बढी केन्द्रित गरेर सबै विषयवस्तु राख्नुभयो । केन्द्रिय समितिको पदाधिकारी, स्थायी समितिको गठन गर्नुपर्छ भन्ने सुझाव राख्नुभयो । भोलि अध्यक्षले प्रतिवेदनमा स्पष्टीकरण दिनुहुनेछ ।’

प्रवक्ता महराले केन्द्रिय कमिटीको अर्को बैठक मंगलवार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ५१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा