२८ भदौ २०८३, आइतबार | September 14, 2026

सत्तागठबन्धनका मुख्य नेता चित्रबहादुर आफै भन्छन् – देशमा उद्योग, कलकारखान खोल्नुको सट्टा सांसद र मन्त्रीको उद्योग खोलीयो



बुटवल । सत्ता साझेदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको भन्दै आफु सहितका नेताहरुलाई ब्यङ्ग गरेका छन् । सत्ता गठबन्धन र राज्यको नीति निर्माणमा सक्रिय सहभागिता जनाईरहेका जनमोर्चा अध्यक्ष केसीले अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै आफु सहितका सत्ता साझेदार नेताहरुलाई ब्यङ्ग गरेका हुन् ।

उनले आफुलाई ठूलो दलको नेता हु भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउंदा देश संकटको अवस्थामा पुगेको बताए । राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउंदै उनले सत्तामा बस्ने सिमित मान्छेका कारण देशको अवस्गा बिग्रदै गएको बताए ।

उनले उद्योग धन्दा, कल कारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफुहरुलाइ ठूलो पार्टीको नेता हु भन्नेबाटै देश कसले लान्छ भन्ने डर भएको बताए । अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप पनि लगाए ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महङी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले महङी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको आरोप लगाए । पटकपटक मन्त्री परिषदको फेरबदल तर्फ लीषत गर्दै उनले उद्योग, कलकारखान खोल्ने बेला सांसद र मन्त्रीहरुको कारखाना खोलिएको टिप्पणी गरे।

एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरुका कारण देश पछाडी परेको उल्लेख गर्दै एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए । प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कल कारखाना सञ्चालनमा लगानी गर्नुपर्ने पनि उनले बताए।

किसानलाई चाहिने मल,विउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताउँदै उनले कृषि प्रधान देश नेपालका किसानहरुले खेतीपाती गर्दा मल, विउ नपाउनु दुखद् पक्ष भएको बताए ।

सरकारी नीतिले देशमा महङ्गी, भ्रष्टाचार, कालोबजारी बढेको चर्चा गरिरहँदा उनले गठबन्धन दलका हैसियतले आफुले पनि जिम्मेवारी लिनु पर्ने विषय भने उठान गरेनन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले बोल्दै जनताले थेग्नै नसक्ने गरी महङी, भ्रष्टाचार बढेकाले यसका बिरुद्व आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ०९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा