६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोभिडले समस्यामा परेको पर्यटन उठाउने बिषय सरकारको प्राथमिकताः पर्यटन मन्त्री श्रेष्ठ



काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन ।

नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरीज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले भन्र्दकोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन ।

पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरेका छन ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहेको जानकारी दिए ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले कोभिडको समय देखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रिबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप काम गर्न सधैं तयार रहेको बताए ।

पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत एन बी टण्डनले पश्चिम नेपाल धार्मीक ऐतिहासीक प्राकृती हीसावले मात्र नभएर पर्यटकीय हिसावले पनी महत्तवपुर्ण रहेको जनाउँदै यती महत्व हुदा हुदै पनी पश्चिम नेपाल ओझेलमा परीरहेकोले सोही बिषय उजागर गर्न सो पुस्तक प्रकाशन गरीएको दुत टण्डनको भनाई छ ।

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापाले भने वेस्र्टन नेपाल फोटो पुस्तक पश्चिन नेपाल अर्थात् लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बुझ्न चाहनेहरुको लागि आँखीझ्याल भएको बताए । सन् २०१३ देखि पुस्तक प्रकाशनको यात्रा सुरु गरेका थापाको वेस्र्टन नेपाल सम्म सातौ पुस्तक हो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : १५ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय