२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ग्लोबल आइएमई म्युचुअल फन्डको ब्यालेन्स्ड फण्ड १ आजबाट बिक्री खुल्ला



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि म्युचुअल फन्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्य १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ५७ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई