१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बढ्यो हवाई भाडा, कहाँ जाँदा कति लाग्छ हवाई भाडा ?



काठमाडौं । ईन्धनको मुल्य बृद्धि भएसाग् वायु सेवा कम्पनीहरुले हवाई भाडामा पनि बृद्धि गरेका छन् । नयाँ तय भएको भाडा दरमा अधिकतम १७ हजार २५ देखि न्युनतम ४ हजार २ सय सम्मका हवाई भाडा छन् । काठमाडौंकाट धनगढी पुग्दा अधिकतम १७ हजार २५ भाडा तय गरिएको छ भने सबै भन्दा कम काठमाडौंबाट सिमरा पुग्दा ४ हजार २४० भाडा तय गरिएको छ ।

अब काठमाडौं–नेपालगन्जको अधिकतम हवाई भाडा १३ हजार ९ सय ८० लाग्ने छ भने काठमाडौं भैरहवाको यात्रा गर्दा ८ हजार ६७५ भाडा लाग्ने छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं–नेपालगन्ज रुटमा १ सय ६५ रुपैयाँ बढेको छ भने काठमाडौं भैरहवाको उडानमा १ सय रुपैयाँ भाडा बढेको हो । त्यस्तै वायुसेवाले काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।

काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । यस रुटमा १ सय ७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १ सय ८५ रुपैयाँ प्रतिलिटरबाट १ सय ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ४८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम