२९ भदौ २०८३, सोमबार | September 14, 2026

बढ्यो हवाई भाडा, कहाँ जाँदा कति लाग्छ हवाई भाडा ?



काठमाडौं । ईन्धनको मुल्य बृद्धि भएसाग् वायु सेवा कम्पनीहरुले हवाई भाडामा पनि बृद्धि गरेका छन् । नयाँ तय भएको भाडा दरमा अधिकतम १७ हजार २५ देखि न्युनतम ४ हजार २ सय सम्मका हवाई भाडा छन् । काठमाडौंकाट धनगढी पुग्दा अधिकतम १७ हजार २५ भाडा तय गरिएको छ भने सबै भन्दा कम काठमाडौंबाट सिमरा पुग्दा ४ हजार २४० भाडा तय गरिएको छ ।

अब काठमाडौं–नेपालगन्जको अधिकतम हवाई भाडा १३ हजार ९ सय ८० लाग्ने छ भने काठमाडौं भैरहवाको यात्रा गर्दा ८ हजार ६७५ भाडा लाग्ने छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं–नेपालगन्ज रुटमा १ सय ६५ रुपैयाँ बढेको छ भने काठमाडौं भैरहवाको उडानमा १ सय रुपैयाँ भाडा बढेको हो । त्यस्तै वायुसेवाले काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।

काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । यस रुटमा १ सय ७० रुपैयाँ बढेको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १ सय ८५ रुपैयाँ प्रतिलिटरबाट १ सय ९० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ४८ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको