८ चैत्र २०८२, आइतबार | March 22, 2026

चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध



खोटाङ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुःन बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालया इन्ट्रानेटमार्फत इ-पासपोर्टको कार्य हुँदैआएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ६ : ५३ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड