८ बैशाख २०८१, शनिबार | April 20, 2024

चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध



खोटाङ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुःन बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालया इन्ट्रानेटमार्फत इ-पासपोर्टको कार्य हुँदैआएको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ६ : ५३ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको