२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अविरल वर्षापछि मुम्बईका धेरै क्षेत्र जलमग्न



नयाँ दिल्ली । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ ।

भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्देशनसमेत गर्छ । अधिकांश किसान आफ्नो उत्पादनका लागि वर्षामा निर्भर छन् ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले वर्षालाई कम अनुमान गर्न नसकिने बताएको छ ।

अनियन्त्रित सहरी विकासले सामान्यतया सडक तथा घरहरूमा पहिरो निम्त्याएको छ । हजारौँ मानिसहरू रोजगारीको खोजीमा हरेक दिन मुम्बईमा बसाइँ सर्छन्, जसका कारण दु्रत गतिमा निर्माण कार्य भइरहेको छ । धेरै क्षेत्रमा पुरानो ढल निकासी प्रणाली छ, जसले बाढी निम्त्याउँछ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : ४३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक