११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध



वासिङ्गटन डिसी । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गरेका हुन् ।

राईले सम्बोधनको क्रममा भने, “हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ ।” राष्ट्रसङ्घीय अफिसियल डेभलपमेन्ट एसिस्टेन्स्अन्तर्गत विकसित देशले आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव सात प्रतिशत अल्पविकसित देशलाई प्रदान गर्नुपर्ने प्रतिबद्धतालाई पूरा गर्न अनुरोध गर्दै राईले अगाडि भन्नुभयो “हामी हाम्रा दातृ साझेदारलाई साझेदारीमा बढोत्तरी गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ ।”

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताको रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेकोसमेत नेपालको धारणा रहेको छ । रासस

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : १० बजे

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न सरकार लागि परेको छ : गृहमन्त्री श्रेष्ठ

नेपालगञ्ज  ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण

आइएमई पेको नयाँ सुविधा, स्मार्ट हेल्थ सुरक्षित भव नामक डिजिटल बिमा फिचर

काठमाडौ। आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा स्मार्ट हेल्थ

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं.

संसदमा संयमता र धैर्यताका प्रस्तुत होऔँ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै