२० मंसिर २०८२, शनिबार | December 6, 2025

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध



वासिङ्गटन डिसी । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गरेका हुन् ।

राईले सम्बोधनको क्रममा भने, “हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्न चाहन्छौँ ।” राष्ट्रसङ्घीय अफिसियल डेभलपमेन्ट एसिस्टेन्स्अन्तर्गत विकसित देशले आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव सात प्रतिशत अल्पविकसित देशलाई प्रदान गर्नुपर्ने प्रतिबद्धतालाई पूरा गर्न अनुरोध गर्दै राईले अगाडि भन्नुभयो “हामी हाम्रा दातृ साझेदारलाई साझेदारीमा बढोत्तरी गर्न र प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौँ ।”

विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर करिब १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये अधिकांश अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताको रुपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेकोसमेत नेपालको धारणा रहेको छ । रासस

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : १० बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले