१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बाजुराको बुढीगंगामा जारी मतदान शान्तिपुर्ण, एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा



बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ ।

गत वैशाख ३० गते भएको विवादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । बिहान ९ बजेदेखि जारी मतदान साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदानस्थलमा मतदानको प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिएका छन् । उनका अनुसार मतदान शान्तिपुर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलहको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमाा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।

बुढीगंगाको मत परिणाम आएसँगै स्थानिय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानिय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : २१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम