२९ असार २०८३, सोमबार | July 14, 2026

बाजुराको बुढीगंगामा जारी मतदान शान्तिपुर्ण, एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा



बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ ।

गत वैशाख ३० गते भएको विवादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । बिहान ९ बजेदेखि जारी मतदान साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदानस्थलमा मतदानको प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिएका छन् । उनका अनुसार मतदान शान्तिपुर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलहको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमाा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।

बुढीगंगाको मत परिणाम आएसँगै स्थानिय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानिय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : २१ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस