१७ माघ २०८२, शनिबार | January 31, 2026

हैजा रोकथामबारे एनआरएनएको सुझाव : व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा विशेष ध्यान दिऔं



लन्डन । गैरआवासीय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ ।

पछिल्लो केही दिनयता नेपालको राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपतकालीन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।

चिकित्सकहरू सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको मरामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखाला भएको उल्लेख छ ।

संक्रामक व्यक्तिको दिसाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् । ‘हैजा भिब्रियो कोलेरा प्रजातीको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सीमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूधित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’

रोग संक्रमणपछि लक्षणका रुपमा पातलो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् । आँखा गाडिनु, मुख जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलवियोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ । यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलवियोजनको लक्षण मानिने उल्लेख छ ।

रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ । शौचालयमा मात्रै दिशा पिसा गर्न, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसावपछि राम्रोसंग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनुअघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र विलल्टर गरेर मात्रै खान पनि समितिले सुझाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ११ : ०१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक