२१ भदौ २०८३, आइतबार | September 6, 2026

बेलायती प्रधानमन्त्री जोनसनले दिए पार्टी नेताबाट राजीनामा



एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन् ।

उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ । यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन् । मन्त्रीहरूले राजीनामा दिएपनि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरूको राजीनामा सुरु भएको हो । उनीहरू दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वलाई विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।

ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ३ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका