११ कार्तिक २०८३, बुधबार | October 28, 2026

साझा यातायातले सुरु गर्यो राजधानीमा विद्युतीय बस



काठमाडौं । साझा यातायातले आजबाट राजधानीमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो ।

थप ३७ थान विद्युतीय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ ।

साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो ।

‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतीय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि।मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतीय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ ।

व्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतीय सवारी भित्राउने योजना बनाएको छ ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरि ८।५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहर स्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् ।

दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतीय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ५० बजे

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका