७ चैत्र २०८२, शनिबार | March 22, 2026

अमेरिकासँग एसपीपीमा सहभागी नहुने पत्राचार तत्काल गर्न सांसद गुरुङको माग



काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रीपरिषदको सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

गुरुङले एमसीसी सम्झौंतासँगै संसदबाट पारित १२ बूँदे ब्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । उनले सो ब्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेमात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए ।

प्रमुख सचेतक गुरुङले भने, ‘पहिलो कुरा सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस । दोस्रो कुरा, आईपीएसको मेम्बर चाँही २०१९ देखि बनिसकेको कुरा सार्वजनिक मिडियाहरुबाट आईसकेको छ । अस्ती पूर्व प्रधानमन्त्रीज्यूले पनि भनिसक्नु भएको छ । आईपीएसको सदस्य नेपाल बन्न सक्दैन । त्यो कुरा पनि अविलम्ब पत्राचार गरियोस । तेस्रो कुरा, सदनबाट एमसीसी पास गर्ने बेलामा १२ बुँदे घोषणा पत्र जारी भएको थियो । त्यो घोषणा पत्रबारे अहिलेसम्म अमेरिकाले स्विकार गरेको अवस्था छैन । त्यो स्विकार हुने वा नहुने सरकारले अविलम्ब पत्राचार गरोस । त्यो घोषणा पत्र स्विकार नगरेको अवस्था एमसीसी परियोजना रोकिन्छ । स्किार्य भएको अवस्थामा मात्रै यो परियोजना अघि बढछ । यो विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटेजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ५५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा