१६ पुस २०८२, बुधबार | December 31, 2025

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।

कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भने । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उनले भने ।

बालविवाह रोक्नका लागि बालिका आफैँ सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन् ? भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताए ।

च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन् ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ३२ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा