७ असार २०८१, शुक्रबार | June 22, 2024

विवाह गर्ने उमेर नपुगेका किशोरीहरु धमाधम बच्चा जन्माउँदै



हेटौंडा । नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेपनि सानै उमेरमा विवाह गर्ने र कलिलो अवस्थामा नै सन्तान जन्माउने क्रम भने रोकिएको छैन । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा मात्र १४२ जना किशोरीहरू आमा बनेका छन्।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ।

नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ। साथै, यसका लागि कानुन कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ३९ बजे

लुम्बिनीको बजेटबिरुद्ध प्रदेशका सञ्चार गृह सम्बद्ध संस्थाहरु आन्दोलित

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक

बुटवलमा पत्रकार महिलाका लागि तिन दिने लेखनवृत्ति तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा डब्लु डब्लु जे रुपन्देहीको आयोजनामा

पत्रकार महासंघको केन्दीय निर्वाचन समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन

सङ्गीत दिवस : गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग

काठमाडौं । अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न

आठ देशमा राजदूत सिफारिस

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ ।