२९ भदौ २०८३, सोमबार | September 14, 2026

बजार मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : २० बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको