२७ भदौ २०८३, शनिबार | September 12, 2026

कोशीमा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या



काठमाडौं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ ।

जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन । कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन । जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए । उनले हाल डल्फिन, माछा, घडियाल गोही लगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको बताए ।

४०/५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ । फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन । निर्माण भएको १/२ वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन । केही समयअघि सुनसरीको बराहक्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए । जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन । डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए । उनले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिए ।

फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोशी पार गर्नसक्ने तथा डल्फिन र माछाको संख्या बढने उहाँले जानकारी दिनुभयो । नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ०१ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य