६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

जापानी पूर्व प्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक



काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउन लागिएको छ ।

आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने भएको हो । गृह मन्त्रालयले शोक वक्तव्य जारी गरी आज कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असार २५ गते उहाँको निधनमा शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि शुक्रबार गोली प्रहार गरिएको थियो । जापानको पश्चिमी शहर नारामा चुनावी सभालाई सम्बोधनका क्रममा भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको छ ।

यसमा नेपाल सरकारले दुःख व्यक्त गरेको छ । उनको परिवार, जापानी सरकार र जापानी जनताप्रति समवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : २४ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३