६ माघ २०८२, मंगलबार | January 20, 2026

प्रदेशको नाम टुङ्गो लगाउन छलफल



विराटनगर । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो ।

चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईको उपस्थिति थियो ।

प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउने विषयमा दलहरूबीच प्रारम्भिक कुराकानी भएको मुख्यमन्त्री राईले बताए । प्रारम्भिक चरणको बैठक भएकाले आ-आफ्नो दलका तर्फबाट धारणा राख्ने काम भएको बताइएको छ । “सुरुआतीजस्तो बैठक भएकाले अहिले दलका तर्फबाट प्रारम्भिक धारणा आएको छ, प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको छ”, मुख्यमन्त्री राईले सर्वदलीय बैठकमा भएका कुराकानी उल्लेख गर्दै भने ।

दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा वैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको उनले बताए । आ-आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुने गरी अर्को बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : १७ बजे

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी