१८ माघ २०८२, आइतबार | February 1, 2026

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।

उनी नेपालको चार दिने भ्रमणमा आज काठमाडौं आउने भएका हुन । आठ सदस्यीय चिनियाँ टोलीको नेतृत्व गर्दै आउन लागेका जियानचाओ भखर्रै सीसीपीको विदेश विभाग प्रमुख नियुक्त भएका हुन् ।

तीन महिनामै चीनबाट हुन लागेको यो उच्चस्तरीय दोस्रो भ्रमण हो । यअसघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका थिए ।

लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ ।

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

उनले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : २४ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न