६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

चाईनिज सुपर लिग आईतवार देखि एक्सन स्पोर्टस्मा



काठमाडौ । चाईनिज सुपर लिग (CSL) आईतवार देखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस्मा हेर्न पाउने छन् ।

नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।

चार चरणमा विभाजन गरि खेलाईएकोे चाईनिज सुपर लिग (CSL) मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ ।

आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाइर्, चाईनिज सुपर लिग (CSL) नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने छ ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ३० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र