२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नागरिकता र संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप जारी



काठमाडौं । सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री वालकृष्ण खाणले सक्रियता बढाएका छन् ।

आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई बंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।

कानुन मन्त्री गोविन्द शर्मा कोइरालासहित आफूलाई भेट्न आएका गृहमन्त्री खाणलाई नेम्वाङले संसदमा टेबुल भएपछि मात्रै प्रतिक्रिया दिने जनाएका छन् । ‘नागरिकता विधेयकमा के के आउँदैछ, त्यो हेरेपछि मात्रै एमालेको पोजिसन रहन्छ,’ नेम्वाङले खाणलाई जवाफ दिएका छन् । विगतमा दलहरुबीच सहमति भएको बुँदा नै समेटेर नयाँ विधेयक ल्याउन खोजेको खाणले जनाएपछि नेम्वाङले भने अध्ययनपछि मात्रै प्रतिक्रिया दिने जवाफ दिएका छन् ।
तत्कालीन केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्नेसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेको कांग्रेसले कुन हिसावले सोही प्रावधान राखेर संवैधानिक परिषद्को विधेयक ल्याएको हो रु त्यसको जवाफ दिनु पर्ने नेम्वाङको भनाई छ ।

पार्टी भित्रका शेखर कोइराला समूहका नेता अर्थात् गगन थापा लगायतले सरकारले ल्याउन खोजेको संवैधानिक परिषद् विधेययक प्रति आपत्ति जनाउँदै आएका छन् । ‘ओली सरकारले ल्याउँदा बेठिक आफुले ल्याउँदा ठिक’ भन्ने दोहोरो नीति चलाउन नहुने भन्दै सो विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेको बेला गृहमन्त्री खाण भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।

नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो, संसदको राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको अवस्था भएपनि गत २४ असारमा २४ गते फिर्ता लिने निर्णय गरेर नयाँ पेश गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : १३ बजे

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा