३० असार २०८३, मंगलबार | July 14, 2026

सभापति आफूलाई दिनुपर्ने माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिस्कार



काठमाडौं । सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरु बैठक छोडेर हिँडे ।

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बैठकमा बिशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतम हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ३३ बजे

सालझण्डी-ढोरपाटन सडकको बुर्तिबाङ-फल्लेघर खण्ड ग्राभेल

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ-फल्लेघर खण्डमा

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको