१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

रुपन्देही जिल्लाको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गको घोराही र कैलालीको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो  ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैकिङ हेड नम्रता थापाले जानकारी दिइन्  ।

बैंकले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४२ अर्ब ५७  करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ । बैंकका  ५ लाख १५ हजार बढी  निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग