२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

रुपन्देही जिल्लाको मणिग्राम र रुद्रपुर, कपिलवस्तुको ४ नम्बर जीतपुर, प्युठानको विजुवार, कास्कीको न्युरोड पोखरा, अर्घाखांचीको सन्धिखर्क, बाँकेको नेपालगन्ज, दाङ्गको घोराही र कैलालीको अत्तरियामा एटिएम सञ्चालनमा ल्याएको हो  ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सक्ने जनाएको छ । बैंकले अनलाइनबाट खाता खोल्ने, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट तथा मेरो शेयर लगायतका सेवाहरुको व्यवस्था गरेको बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैकिङ हेड नम्रता थापाले जानकारी दिइन्  ।

बैंकले ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकको अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४२ अर्ब ५७  करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ । बैंकका  ५ लाख १५ हजार बढी  निक्षेपकर्ता र १४ हजार  ५ सय बढी ऋणी रहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ४० बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र