२१ भदौ २०८३, आइतबार | September 7, 2026

जफत सवारी साधन लिलाम बिक्री गर्दै भौतिक मन्त्रालय



कर्णाली । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा आज बसेको बैठकले लिलाम बिक्री गर्ने निर्णय गरेको हो ।

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिए ।

प्रदेश यातायात कानुन तत्काल बनिनसकेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनका आधारमा सरोकारवालाहरूलाई सहभागी गराई यथाशीघ्र भाडादर निर्धारण÷कायम÷समायोजनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई लेखी पठाउने निर्णय भएको उनले बताए ।

सचिव भट्टका अनुसार प्रदेशमा सञ्चालित अटो रिक्साको व्यवस्थापनका निम्ति यातायात व्यवस्था कार्यालय सुर्खेत वा सम्बन्धित स्थानीय तहमा दर्ता भएका अटो रिक्साको विवरण प्रदेश ट्राफिक कार्यालयलाई उपलब्ध गराउने र प्रदेश ट्राफिक कार्यालयले सोको उचित व्यवस्थापन गर्ने, गराउने समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा मन्त्री रोकायाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उक्त निर्णयअनुसार सुर्खेत प्रहरीमा जफत भएका सबै सवारी साधन प्रक्रियाअनुसार लिलाम बिक्री हुने जनाइएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रतिनिधि चन्द्रबहादुर खत्री, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, सुर्खेत जिल्ला अदालतका प्रतिनिधि मोतिप्रसाद देवकोटा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : १७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त