२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बुटवल-नारायणगढ सडकको म्याद सकिन १ महिना बाँकि, १९ प्रतिशत मात्र काम सकियो



बुटवल । बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।

यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।

बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ । दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । त्यस्तै यो सडक खण्ड भएर ओहोर दोहोर गर्ने यात्रीहरुले पनि सास्ती भएका छन् ।

सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले ५–७ घण्टा लाग्ने गरेको एमाले नवलपरासीका सांसद तिलक महतले बताए । आफूले यसबारे बारम्बार संसदमा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको गुनासो गरे ।

सडक आयोजनाले भने कोरोना महामारी, ‘साइट क्लियर’ र रूख कटानमा ढिलाइ हुँदा सडक बिस्तारको काम समयमै हुन नसकेको दावी गरेको छ । जंगल क्षेत्रमा चारलेन र बस्तीमा ६ लेन सडक बिस्तार गर्ने गरी २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा यसको शिलान्यास गरेका थिए ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो सडक बिस्तारको योजना ल्याउँदै बजेट छुट्टयाएका थिए । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।

बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।

दाउन्ने पश्चिमतर्फ नौ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा तीन वटा निर्माण पूरा भएका छन् भने तीन वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ ।

सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ४० बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको