४ श्रावण २०८२, आइतबार | July 20, 2025

उपसभामुखको निर्वाचन असार ३१ गते



काठमाडौं । वर्षौसम्म रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हुने भएको छ । रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ । उपसभामुख पद नहुँदा संवैधानिक परिषद्को बैठक समेत प्रभावित बनेपछि सत्तारुढ दलहरुले सो पदमा निर्वाचन गराउने योजना बनाएका हुन् ।

यसअघि सरकारले विगतमा केपी ओली सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश जस्तै गरेर दुई जनाले मात्र निर्णय गर्नसक्ने गरी परिषदसम्बन्धी कानून परिवर्तन गर्न खोजेको थियो ।

 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : २३ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध