३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मिस्टर एम अधिकारी उर्फ ‘गर्भनर अधिकारी’को विषयमा संसदमा उठ्यो प्रश्न, छानविन गर्न माग



काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी खोटाङ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै सत्तापक्षका सांसदहरुले संसदमा उनीमाथि छानविन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समय र शुन्य समयमा बोल्ने सत्तापक्षका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भए उनलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । माओवादीका रेखा शर्मा, अमृता थापा, अन्जना विसंखे, गजेन्द्र बोहोरा, कांग्रेसका मिन विश्वकर्मा लगायतका सांसदले गभर्नर अधिकारीमाथि छानविन गर्न माग गरेका हुन् ।

घनश्याम भुसाल संयोजक रहेको नेकपा एमालेको अर्थ विभागमा खोटाङ घर भएका एम अधिकारीलाई सदस्यको रुपमा राखिएको छ ।

सांसदहरुले खोटाङ एमाले, एमालेका नेता कार्यकर्ताहरुले समेत गर्भनर अधिकारी नै एमाले अर्थ विभागको सदस्य रहेको जिकिर गरेका थिए ।

अधिकारीको संलग्नताबारे संचार माध्यमममा समाचार प्रकाशित भएपछि राष्ट्रको संवेदनशील वित्तीय निकायको सबैभन्दा महत्वपूर्ण पदमा रहेको व्यक्ति तटस्थ रहनुपर्नेमा पार्टी विशेषको भएको भन्दै टिप्पणी भएको थियो ।

सांसदहरुले सरकारलाई सहयोग गर्ने स्थानमा बसेको व्यक्तिले प्रमुख प्रतिपक्षको विभागमा बसेर ‘देश श्रीलंका बन्दैछ’ भनेर भ्रम फैलाएको आरोप समेत लगाए ।

गभर्नर अधिकारीले भने आफु कुनै पार्टीको सदस्य नभएको बताइसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ४९ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन