७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मिस्टर एम अधिकारी उर्फ ‘गर्भनर अधिकारी’को विषयमा संसदमा उठ्यो प्रश्न, छानविन गर्न माग



काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी खोटाङ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै सत्तापक्षका सांसदहरुले संसदमा उनीमाथि छानविन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समय र शुन्य समयमा बोल्ने सत्तापक्षका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भए उनलाई राष्ट्र बैंक ऐन अनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । माओवादीका रेखा शर्मा, अमृता थापा, अन्जना विसंखे, गजेन्द्र बोहोरा, कांग्रेसका मिन विश्वकर्मा लगायतका सांसदले गभर्नर अधिकारीमाथि छानविन गर्न माग गरेका हुन् ।

घनश्याम भुसाल संयोजक रहेको नेकपा एमालेको अर्थ विभागमा खोटाङ घर भएका एम अधिकारीलाई सदस्यको रुपमा राखिएको छ ।

सांसदहरुले खोटाङ एमाले, एमालेका नेता कार्यकर्ताहरुले समेत गर्भनर अधिकारी नै एमाले अर्थ विभागको सदस्य रहेको जिकिर गरेका थिए ।

अधिकारीको संलग्नताबारे संचार माध्यमममा समाचार प्रकाशित भएपछि राष्ट्रको संवेदनशील वित्तीय निकायको सबैभन्दा महत्वपूर्ण पदमा रहेको व्यक्ति तटस्थ रहनुपर्नेमा पार्टी विशेषको भएको भन्दै टिप्पणी भएको थियो ।

सांसदहरुले सरकारलाई सहयोग गर्ने स्थानमा बसेको व्यक्तिले प्रमुख प्रतिपक्षको विभागमा बसेर ‘देश श्रीलंका बन्दैछ’ भनेर भ्रम फैलाएको आरोप समेत लगाए ।

गभर्नर अधिकारीले भने आफु कुनै पार्टीको सदस्य नभएको बताइसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ४९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा