३० असार २०८३, मंगलबार | July 14, 2026

एमाले उपाध्यक्ष पौडेलले भने– यम वुद्धको शालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् ।

यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख शाहले काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा यम बुद्धका शालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । शालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

शालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए ।

शालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरुले पनि आलोचना गरेका थिए । तर बुधबार प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार दिएपछि उपाध्यक्ष पौडेलले शालिक बनाउने निर्णयाको स्वागत गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम वुद्धको प्रतिमा ९शालिक० निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ४४ बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको