१८ असार २०८३, बिहिबार | July 2, 2026

उपेन्द्र यादवले भने – पार्टी फुटाउने बाबुरामको योजना असफल बनायौं



वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुरम भट्टराईको पार्टी फुटाउने योजना विफल बनाएको दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि आज बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी फुटाउने षड्यन्त्र गरेकोले भट्टराईलाई कारबाही गरिएको बताए । पार्टी हितभन्दा विपरित काम गरेको पाइएकोले भट्राईसहित ९ जनालाई कारवाही गरिएको उनले जनाए ।

संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपा कार्यसमिति बैठकले बिहीबार कारबाही गरेको थियो।

यादवले भने, ‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’
उनले भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि बताए ।

अध्यक्ष यादवले रेणु यादवले पार्टी नछाडेको पनि स्पष्ट पारे । रेणुले बिहीबार आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएकी थिइन्। तर यादवले भने, ‘उहाँको क्षणिक आक्रोश हो ।’

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४४ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका