१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

उपेन्द्र यादवले भने – पार्टी फुटाउने बाबुरामको योजना असफल बनायौं



वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुरम भट्टराईको पार्टी फुटाउने योजना विफल बनाएको दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि आज बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी फुटाउने षड्यन्त्र गरेकोले भट्टराईलाई कारबाही गरिएको बताए । पार्टी हितभन्दा विपरित काम गरेको पाइएकोले भट्राईसहित ९ जनालाई कारवाही गरिएको उनले जनाए ।

संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपा कार्यसमिति बैठकले बिहीबार कारबाही गरेको थियो।

यादवले भने, ‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’
उनले भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि बताए ।

अध्यक्ष यादवले रेणु यादवले पार्टी नछाडेको पनि स्पष्ट पारे । रेणुले बिहीबार आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएकी थिइन्। तर यादवले भने, ‘उहाँको क्षणिक आक्रोश हो ।’

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : ४४ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै