११ माघ २०८२, आइतबार | January 26, 2026

भारतले धौलीगङ्गाको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता



कञ्चनपुर । भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।

भारतले बाँध खोलेपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलेको हो ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको हो ।

जोखियुक्त क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउने कार्यसँगै नदीको जलस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ३३ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन