१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दिल्ली उड्नुअघि प्रचण्डले भने – भ्रमण आकस्मिक होइन, उत्साहका साथ जाँदैछु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्साहका साथ भारत भ्रमण गर्न लागेको जनाएका छन् ।

भारतको तीन दिने औपचारिक भ्रमण गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतको सद्भावना भ्रमणबाट आफु उत्साहित भएको बताए । प्रचण्डसँगै छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सँगै गएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण पुरा गरेको दुईदिन पछि प्रचण्ड भारत भ्रमणमा निस्किएका हुन् । भारतीय जनता पार्टी बीजेपीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा दिल्ली जानुअघि प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भारतीय नेताहरुसँग कुराकानी गर्ने बताए । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।

उनले आफ्नो भ्रमण कुनै आकस्मिक नभएको पनि दाबी गरे । प्रचण्डले भने, ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलाइएको हो । उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।’

प्रचण्डले सीपीसी विदेश विभाग प्रमुखको भ्रमण लगत्तै आफ्नो भारत भ्रमण तालिका परेकोमा कुनै साइनो नभएको जिकिर गरे । ‘चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डले भने ।

प्रचण्डले दिल्लीमा बीजेपी अध्यक्ष नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । यसैगरी विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, बीजेपी विदेश विभाग प्रमुख डा. विजय चुथाईवालाले प्रचण्डसँग भेट गर्नेछन् । उनले भोलि शनिबार नेपाल भारत सम्बन्धबारे आयोजित अन्तक्रिर्यालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको सम्मानमा चुथाईवालाले आज साँझ रात्रिभोज आयोजना गरेका छन् भने भोलि साँझ विदेशमन्त्री जयशंकरले रात्री भोजको आयोजना गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २३ बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका