३० असार २०८३, मंगलबार | July 14, 2026

दिल्ली उड्नुअघि प्रचण्डले भने – भ्रमण आकस्मिक होइन, उत्साहका साथ जाँदैछु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्साहका साथ भारत भ्रमण गर्न लागेको जनाएका छन् ।

भारतको तीन दिने औपचारिक भ्रमण गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतको सद्भावना भ्रमणबाट आफु उत्साहित भएको बताए । प्रचण्डसँगै छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सँगै गएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण पुरा गरेको दुईदिन पछि प्रचण्ड भारत भ्रमणमा निस्किएका हुन् । भारतीय जनता पार्टी बीजेपीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा दिल्ली जानुअघि प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भारतीय नेताहरुसँग कुराकानी गर्ने बताए । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।

उनले आफ्नो भ्रमण कुनै आकस्मिक नभएको पनि दाबी गरे । प्रचण्डले भने, ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरा लागि आकस्मिक होइन । दुई महिनाअघि राजदूत क्वात्राकै समयमा मिलाइएको हो । उहाँ राजदूत भएर विदेश सचिव भएपछि पनि उहाँले मलाई भ्रमणको समय कुन बेला उपयुक्त हुन्छ भनेर सोध्नुभएको थियो । त्यसबेला मैले जुलाईको तेस्रो हप्ता हुनसक्छ भनेको थिएँ ।’

प्रचण्डले सीपीसी विदेश विभाग प्रमुखको भ्रमण लगत्तै आफ्नो भारत भ्रमण तालिका परेकोमा कुनै साइनो नभएको जिकिर गरे । ‘चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डले भने ।

प्रचण्डले दिल्लीमा बीजेपी अध्यक्ष नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । यसैगरी विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, बीजेपी विदेश विभाग प्रमुख डा. विजय चुथाईवालाले प्रचण्डसँग भेट गर्नेछन् । उनले भोलि शनिबार नेपाल भारत सम्बन्धबारे आयोजित अन्तक्रिर्यालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको सम्मानमा चुथाईवालाले आज साँझ रात्रिभोज आयोजना गरेका छन् भने भोलि साँझ विदेशमन्त्री जयशंकरले रात्री भोजको आयोजना गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २३ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१