२१ भदौ २०८३, आइतबार | September 6, 2026

जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग



काठमाडौं । जसपा पार्टीका २ केन्द्रीय सदस्यसहित ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

पर्सा जिल्लामा क्रियाशील उनीहरुले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताकासाथ पदीय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।

देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमांककृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले पार्टी नेतृत्वमा स्वेच्छाचारीता, र एकलौटी ढंगबाट पार्टी संचालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ । यस्तै पार्टी देश र जनताको हितमा नभई सिमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ ।

यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामुहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ०६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त