१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रेसुङ्गामा साउने मेला



गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ ।

साउन महिनाभर रेसुङ्गामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप हुन्छन् । त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन् ।

श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुङ्गा पुग्ने गर्दछन् । रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ । रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए । त्यस्तै रेसुङ्गामा यही साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने भुसालले जानकारी दिए ।

अहिले रेसुङ्गा पुग्ने सडक मर्मत भएको छ भने मेलास्थल नजिकै पौवा रिसोर्ट खुलेका कारण भक्तजनलाई थप सहज खानपिन र आवासको समेत सहजता मिलेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५६ बजे

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा