१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘नमस्ते पे’ ले सुरु गर्यो हवाई टिकट बुकिङ सेवा



काठमाडौ । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ ।

यो सेवा अब Android मा उपलब्ध छ र चाँडै IOS मा पनि लन्च हुनेछ। नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।

साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु घण्ण् को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु 300 को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले 150 पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ३३ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत