११ बैशाख २०८१, मंगलबार | April 24, 2024

एमाले र काँग्रेसको भागवण्डा मिलेपछि तिलोत्तमा नगरको नगरसभा सुचारु



बुटवल । बहुमतमा रहेको एमाले र गृहप्रशासनको आडमा पेलेर जाने मनस्थितीमा रहेको तिलोत्तमा काँग्रेसबीच भागवण्डामा सहमती मिलेसँगै ३ पटक सम्म स्थगन भएको तिलोत्तमा नगरपालिकाको नगरसभा सुचारु भएको छ ।

नगरसभामा देखिएको विवादमा प्रशासनको हस्तक्षेप र निर्वाचित वडा अध्यक्षलाई पौडी पोखरीमा ढकेल्ने सम्मको हर्कतमा पुगेको विवाद अन्ततः ५ वटा समितिमा सहमतिमा गठन गर्ने निर्णयकासाथ टुङ्गिएको छ । काँग्रेसले भाग खोजेको र एमालेले नमानेको उपमेयर नेतृत्वको न्यायिक समिति सहित लेखा समिति, बिधायन र बिधेयक समितिमा भागवण्डाका आधारमा गठन गर्न दुईदलका नेताहरुबीच सहमति भएसँगै नगरसभा सुचारु भएको हो ।

५ वटा समिति सहमतिका आधारमा गठन गर्ने, नगरसभामा भएको प्रहरी हस्तक्षेपको नगरसभाबाट खेद प्रस्ताव पास गर्ने र गलत गर्नेलाई छानविन गरि कारवाहीको माग गर्ने जस्ता विषयमा सहमति भएको एमाले नेता मोहन चापागाँईले जानकारी दिए । सर्वदलीय बैठकमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारवाहीको माग गर्ने दलीय सहमति भएपनि नगरसभाले भने छानविन गरि गलत गर्नेलाई कारवाहीको माग गर्ने गरि सहमति भएको चापागाँईले बताए ।

दुईदलबीच भएको सहमतिमा नियमित प्रक्रियाबाट बजेट पास गर्ने, नगरप्रमुखले सबैलाई समेटेर कार्यसंचालन गर्ने, प्रमुख कार्यकारी अधिकृतले कुनै एकदलको पक्षमा क्रियाकलाप नगर्ने जस्ता विषयहरु रहेको समेत उनले बताए ।

दलहरुबीत सहमति भएसँगै उपमेयर जागेश्वरी देबी चौधरीले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा लागेको ताला खोलिएको छ भने नगरसभा पनि संचालन भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : २२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना